












कार्यालयका वारेमा
राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको केन्द्रीय तथ्याङ्क विभागको स्थापना तथ्याङ्क ऐन २०१५ बमोजिम वि.सं.२०१५ साल पुष १७ गते भएको हो । तथ्याङ्क ऐन, २०१५ र नियमावली, २०४१ मा ब्यवस्था भएबमोजिम केन्द्रीय तथ्याङ्क विभागको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले गरी २ जिल्ला कार्य क्षेत्र नुवाकोट र रसुवा हुने गरी तथ्याङ्क कार्यालय नुवाकोटको स्थापना वि.सं. २०५० सालमा भएको हो । हाल यो तथ्याङ्क कार्यालय नुवाकोट जिल्लाको सदरमुकाम विदुर– ४ मा रहेको छ ।
तथ्याङ्क कार्यालयको स्थापनापछि स्थानीयस्तरमा केन्द्रीय तथ्याङ्क विभागबाट सञ्चालन हुने गणना एवं सर्वेक्षणहरुमा सहयोगी भूमिका निभाउनुको अतिरिक्त तथ्यांक कार्यालयको आफ्नै वार्षिक कार्यक्रम पनि सञ्चालन हुदै आएको छ । जिल्लास्तरमा यस कार्यालयले सेवाग्राही जनताहरुलाई सर्वसुलभरुपमा निःशुल्क तथ्याङ्क सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालय स्थापनापश्चात स्थानीयस्तरमा तथ्याङ्कीय गतिविधिमा बृद्धि हुदै गएको छ ।