तथ्याङ्क कार्यालयको नुवाकोटको मुख्य कार्यहरु
केन्द्रीय तथ्याङ्क विभागको मातहतमा रहेको तथ्याङ्क कार्यालयको कार्यहरु देहायबमोजिम रहेका छन् ।
- विभागबाट आफ्नो क्षेत्रमा सञ्चालन गरिने गणना एवं सर्वेक्षणमा संलग्न हुने ।
- विभागबाट जिल्लास्तरमा सञ्चालन हुने तालिम कार्यमा सघाउ पुर्यउन र स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने तालिम सञ्चालन गर्ने ।
- विभागले जिल्लाबाट संकलन गर्न लगाएका Secondary तथ्याङ्क संकलन गर्ने ।
- जिल्लाको तथ्याङ्कीय Profile तयार गर्ने ।
- जिल्ला विकासको निमित्त आवश्यक तथ्याङ्क उपलब्ध भए नभएको मूल्यांकन गर्ने ।
- जिल्लास्तरीय तथ्याङ्क विकास कार्यक्रम बनाई केन्द्रमा पठाउने ।
- वडा र गणना क्षेत्रको सीमाना, धरातल र घरपरिवारको निर्दिष्ट स्थान छुट्याउने गरी नक्सांकन गर्ने ।
- जिल्लास्तरीय तथ्याङ्कीय क्रियाकलापहरुको समन्वय गर्ने ।
- विभागले लगाएका अन्य विविध कामहरु गर्ने ।