तथ्याङ्क कार्यालय नुवाकोटको वेब पेजमा यहाँहरुलाई स्वागत छ

तथ्याङ्क कार्यालय नुवाकोटको अनुरोध

सही तथ्याङ्क नै वैज्ञानिक विकास योजना तर्जुमाको आधारभूत तत्व हो । त्यसैले केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्गतका तथ्याङ्क कार्यालयहरूबाट समय–समयमा सञ्चालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरूको सिलसिलामा यहाँहरूको घर, संस्था, कार्यालय, उद्योग, व्यवसाय आदिमा तथ्याङ्क सङ्कलनका लागि खटिई आउने गणकहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । यहाँहरुले यसरी उपलब्ध गराउने विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य राखिने छ । यसका साथै यस्त विवरण कर तथा अन्य प्रयोजनका लागि प्रयोग नगरिने र सधै‌ समुहगत रुपमा मात्र प्रकासन गरिने छ ।