तथ्याङ्क कार्यालय नुवाकोटको वेब पेजमा यहाँहरुलाई स्वागत छ

नुवाकोट जिल्लाको आधारभुत बिवरण

१. परिचय
जिल्ला: नुवाकोट
जिल्ला सदरमुकाम: विदुर
प्रदेश नं. : ३

२. सिमाना
पूर्व: काठमाडौं, सिन्धुपाल्चोक
पश्चिम: धादिङ
उत्तर: रसुवा
दक्षिण: काठमाडौं, धादिङ

३. भौगोलिक अवस्थिति
उचाई: समुन्द्र सतहबाट ४५७ मी. देखि ५१४४ मी. सम्म
क्षेत्रफल: ११२१ व. कि.मि.
देशान्तर: ८५ डि देखि ८५ डि ४५” पूर्वसम्म
अक्षांस: २७ डि ४५” देखि २८ डि २०” उत्तरसम्म
आकार: अर्ध चन्द्राकार

४. भौगोलिक वनावट
उच्च हिमाली: २.२ प्रतिशत
उच्च पहाडी: १४.५ प्रतिशत
मध्य पहाडी, वेंसीटार: ८३.३ प्रतिशत

५. राजनैतिक विभाजन
निर्वाचन क्षेत्र संख्या: ३
गा.वि.स. संख्या: १०
न.पा. संख्या: २
जम्मा वडा: ८८

तथ्याङ्क कार्यालय नुवाकोटको अनुरोध

सही तथ्याङ्क नै वैज्ञानिक विकास योजना तर्जुमाको आधारभूत तत्व हो । त्यसैले केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्गतका तथ्याङ्क कार्यालयहरूबाट समय–समयमा सञ्चालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरूको सिलसिलामा यहाँहरूको घर, संस्था, कार्यालय, उद्योग, व्यवसाय आदिमा तथ्याङ्क सङ्कलनका लागि खटिई आउने गणकहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । यहाँहरुले यसरी उपलब्ध गराउने विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य राखिने छ । यसका साथै यस्त विवरण कर तथा अन्य प्रयोजनका लागि प्रयोग नगरिने र सधै‌ समुहगत रुपमा मात्र प्रकासन गरिने छ ।