तथ्याङ्क कार्यालय नुवाकोटको वेब पेजमा यहाँहरुलाई स्वागत छ

रसुवा जिल्लाको आधारभुत बिवरण

१. परिचय
जिल्ला: रसुवा
जिल्ला सदरमुकाम: धुन्चे
प्रदेश नं. : ३

२. सिमाना
पूर्व: सिन्धुपाल्चोक
पश्चिम: धादिङ
उत्तर: चीनको स्वशासित क्षेत्र तिब्त
दक्षिण: नुवाकोट

३. भौगोलिक अवस्थिति
उचाई: समुन्द्र सतहबाट ६१४ मी. देखि ७‚२२७ मिटर सम्म
क्षेत्रफल: १‚५१२ व. कि.मि. (नेपालको कुल क्षेत्रफलको १.०३ प्रतिशत)
देशान्तर: ८५ डिग्रि ०० मिनेट देखि ८५ डि ४५ मिनेट पूर्व
अक्षांस: २७ डिग्रि ५५ मिनेट देखि २८ डि २५ मिनेट उत्तर

४. भौगोलिक वनावट
हिमाली क्षेत्र: ५,००० मिटर भन्दा माथी
लेकाली क्षेत्र: २,५०० देखि ५,००० मिटर सम्म
पहाडी तथा वेसी क्षेत्र: ६१४ देखि २,५०० मिटर सम्म

५. राजनैतिक विभाजन
निर्वाचन क्षेत्र संख्या: १
गा.वि.स. संख्या: ५
न.पा. संख्या: ०
जम्मा वडा: २२

तथ्याङ्क कार्यालय नुवाकोटको अनुरोध

सही तथ्याङ्क नै वैज्ञानिक विकास योजना तर्जुमाको आधारभूत तत्व हो । त्यसैले केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्गतका तथ्याङ्क कार्यालयहरूबाट समय–समयमा सञ्चालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरूको सिलसिलामा यहाँहरूको घर, संस्था, कार्यालय, उद्योग, व्यवसाय आदिमा तथ्याङ्क सङ्कलनका लागि खटिई आउने गणकहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । यहाँहरुले यसरी उपलब्ध गराउने विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य राखिने छ । यसका साथै यस्त विवरण कर तथा अन्य प्रयोजनका लागि प्रयोग नगरिने र सधै‌ समुहगत रुपमा मात्र प्रकासन गरिने छ ।