तथ्याङ्क कार्यालय नुवाकोटको वेब पेजमा यहाँहरुलाई स्वागत छ

परिवार तथा जनसंख्या

क्र.सं विवरण वि.सं. २०३८ वि.सं. २०४८ वि.सं. २०५८ वि.सं. २०६८
मान प्रतिशत मान प्रतिशतमान प्रतिशतमान प्रतिशत
1पुरुषको जनसङ्ख्या 15719521898551.672335552.212147549.6
2महिलाको जनसङ्ख्या 14522481775948.332137647.792182550.4
3कुल जनसङ्ख्या 30241100367441004473110043300100
4कुल जनघनत्व19.6NA23.8NA29NA29NA
5लैंगिक अनुपात108.24NA106.9NA109.26NA109.26NA
6कुल परिवारसङ्ख्या 5791NA7195NA8696NA8696NA
7औषत परिवारसङ्ख्या5.2NA5.1NA5.14NA5.14NA

रसुवा जिल्लाको औषत बार्षिक जनसङ्ख्या वृद्धिदर –०.३ प्रतिशत रहेकोले जिल्लाको जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ । सवैभन्दा धेरै जनसङ्ख्या १० देखि १४ बर्ष उमेर समूहमा (१३.९४%) रहेको छ । कुल जनसंख्यामध्ये ८.३७ प्रतिशत ५ बर्षमुनीका बालबालिका र २.६४ प्रतिशत ७५ बर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका वृद्धवृद्धाहरु रहेका छन् । यसैगरी १५ बर्षमुनीका बालबालिका ३४.०३ प्रतिशत र ६० बर्षभन्दा माथिल्लो उमेर समूहको जनसंख्या १०.३१ प्रतिशत समेत कुल ४४.३४ प्रतिशत आश्रित जनसंख्या रहेकोछ । जातिगत आधारमा तामाङ बहुल यस जिल्लामा करिब ७० प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्वीले ओगटेको छ ।

तथ्याङ्क कार्यालय नुवाकोटको अनुरोध

सही तथ्याङ्क नै वैज्ञानिक विकास योजना तर्जुमाको आधारभूत तत्व हो । त्यसैले केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्गतका तथ्याङ्क कार्यालयहरूबाट समय–समयमा सञ्चालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरूको सिलसिलामा यहाँहरूको घर, संस्था, कार्यालय, उद्योग, व्यवसाय आदिमा तथ्याङ्क सङ्कलनका लागि खटिई आउने गणकहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । यहाँहरुले यसरी उपलब्ध गराउने विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य राखिने छ । यसका साथै यस्त विवरण कर तथा अन्य प्रयोजनका लागि प्रयोग नगरिने र सधै‌ समुहगत रुपमा मात्र प्रकासन गरिने छ ।